गुरु ट्राभल्स् र विधिबीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ । नेपाली पर्यटनको प्रथम पब्लिक ट्राभल कम्पनी गुरु ट्राभल्स् लिमिटेडले सूचना प्रविधि र सर्फटवेयरसम्बन्धी सहकार्यका लागि विधि प्रा.लि.सँग सम्झौता गरेको छ ।
व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा गुरु ट्राभल्स लि.का प्रमुख कार्यकारी अधिकृत नवराज धरेल र विधिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा दुवै कम्पनीले एक आपसमा प्राविधिक र पर्यटन कार्यको प्रवद्र्धनका लागि सहकार्य गर्ने प्रयोजन राखिएको छ ।
गुरु ट्राभल्स् लि.ले विश्व भ्रमण जस्ता आउटबाउण्ड् पर्यटन र विश्वभरका पर्यटक आकर्षित गर्न इन्बाउण्ड् पर्यटनलगायतका विविध क्षेत्रमा ट्राभल प्याकेज सेवा प्रदान गर्ने छ । गुरु ट्राभल्स लि.ले पब्लिक पार्टनरसिप मोडललाई आत्मसात गरेको छ । पर्यटन नै देश विकासको मुख्य आधार मान्ने यस संस्थाले पर्यटन प्रवद्र्धनका विशेष प्याकेज अगाडि सारेको छ । विधिले सोको प्रयोजनमा सिस्टम सफ्टवेयर उपलब्ध गराउने छ ।
एक समारोहका बीच गुरु ट्राभल्स्को सम्पर्क कार्यालयमा भएको सम्झौतापछि संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले एक आपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासँग राम्रो सहकार्य रहने विश्वास गर्ने बताए ।
उता विधिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले गुरु ट्राभल्स्का ट्राभल्ससम्बन्धी गतिविधिलाई विश्वभर नै फैलाउन आफू लागि पर्ने बताए ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया