बंगलादेश र माल्दिभ्सको हार, भारत विजयी

काठमाडौं । एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटअन्तर्गत भएका खेलमा बंगलादेश र माल्दिभ्सले हार बेहोर्दा भारतले भने जित निकालेको छ ।
छनोटअन्तर्गत समूह ‘इ’ को खेलमा बंगलादेश बलियो प्रतिद्वन्दी बहराइनसँग २–० ले पराजित भयो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बुकिट जलिल नेसनल रंगशालामा भएको खेलमा बहराइनलाई जित दिलाउँन अली हरम र कमिल अल अस्वदले समान एक गोल गरे । खेलको ३४औं मिनेटमा हरमले बहराइनलाई अग्रता दिलाएका थिए । यस्तै, ४२औं मिनेटमा अस्वदले दोस्रो गोल गरेका थिए ।
यस्तै, छनोटअन्तर्गत समूह ‘सी’ मा रहेको माल्दिभ्स भने थाइल्यान्डसँग ३–० ले पराजित भयो ।
उज्वेकिस्तानको मार्काजिया रंगशालामा सम्पन्न खेलको ४१औं मिनेटमा साराच युयेनले गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा तिरसिल दांग्दाले थाइल्यान्डको अग्रत दोब्बर पार्दा पान्सा हेमविबोनले ८०औं मिनेटमा तेस्रो गोल गरेका थिए ।
छनोटमा रहेको अर्को दक्षिण एसियाली टिम भारतले कम्बोडियालाई २–० ले पराजित गर्यो । घरेलु मैदानमा भारतलाई जिताउँन दुबै गोल कप्तान सुनिल क्षेत्रीले गरे । यस्तै, अर्को खेलमा श्रीलंका उज्वेकिस्तानसँग ३ (० ले पराजित भयो । नेपाल नेपालसमेत जोर्डनसँग २–०ले पराजित भयो ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया