अमेरिकी सैनिक जनरल आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फिलन आज चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन्। फिलन( आज) बिहीबार बेलुकी आफ्नै विमानमा काठमाडौं उत्रने बताइएको छ । उच्चस्तरीय भेटका लागि नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले समन्वय गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला फिलन नेपाल आउन लागेका हुन्। प्रधानसेनापति शर्मा आसारमा अमेरिका जाँदैछन्। प्रधानमन्त्री देउवाले पनि असारमै अमेरिका भ्रमण गर्ने बताइए पनि मिति तय हुन सकेको छैन। भ्रमणमा नयाँ एजेन्डा केही नरहेको र औपचारिक भ्रमण मात्रै रहेको सैनिक मुख्यालयले जनाएको छ।
यस्तो छ फिलनको भ्रमण तालिका
शुक्रबार प्रधानसेनापति शर्मा र जनरल फिलनबीच भेटवार्ता गर्ने कार्यसूची रहेको छ। फिलनले शनिबार माउन्टेन फ्लाइट गर्ने र सगरमाथा आधार शिविर जाने छन्। उनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गर्ने छन् ।
आइतबार नै जनरल फिलनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवालाई भेट्ने छन्। भेटघाट र शविपुरीको भ्रमणपछि आइतबार बेलुका नै उनी स्वदेश फर्किने छन्।
फिलनले नेपाल भ्रमण आउनुअघि मंगलबार भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग पनि द्विपक्षीय रक्षा सहकार्यका विषयमा छलफल गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एमसीसी बहस तीव्र बनेको र एमसीसी पारित भइसकेपछि नेपालमा अमेरिकी उच्चस्तरीय भ्रमण बाक्लिँदै गएको छ।
नेपाल- अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा दुई मुलुकबीचका उच्च अधिकारीबीच भेटवार्ता हुने भएको छ।
थप
देउवा प्रधानमन्त्री भएपछि अमेरिकाको ७ उच्च स्तरीय टोली काठमाडौँमा
















८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
प्रतिक्रिया