मोटोपनकाे शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम कम : अध्ययन

न्युयोर्क । विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको कम जोखिम हुने देखिएको छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ ।
अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान अनुसार विशेष गरी तौल घटाउने शल्यक्रिया गरेका मानिसमा स्तन क्यान्सर, मृगौलाको क्यान्सर, थाइरोइड क्यान्सर, स्त्री रोगको क्यान्सर, फोक्सोको क्यान्सर र मस्तिष्कको क्यान्सरको जोखिम कम देखिएको थियो ।
विस्कन्सिनको गुन्डरसेन लुथरन हेल्थ सिस्टमका अन्वेषकहरूले मोटोपना भएका ३ हजार ७७६ वयस्कहरूको अध्ययन गरेका थिए । उनीहरूमध्ये १ हजार ६२० जनाले तौल घटाउने शल्यक्रिया गरेका थिए ।
‘तौल घटाउने शल्यक्रियामार्फत क्यान्सर जोखिम घटाउने फाइदालाई बेवास्ता गर्न सकिँदैन’, अध्ययनका सह–लेखक तथा गुन्डरसेन लुथरन स्वास्थ्य प्रणालीका चिकित्सक डा.जेरेड आर मिलरले भने ।














ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
प्रतिक्रिया