बिहीबार, फागुन २८, २०८२

कुमारी धनवृद्धि योजनामा आवेदन दिने आज अन्तिम दिन

मेरोन्यूज २०७९ जेठ २६ गते ११:२२

काठमाडौं । कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिन बिहीबार अन्तिम दिन रहेको छ ।
योजनामा छोटो अवधिका लागि १७ जेठसम्म आवेदन गर्ने म्याद रहेकोमा आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने म्याद २६ जेठसम्म म्याद थपिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र मेरो सेयरको मोबाइल एप, वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार साँझ साढे ५ बजेसम्ममा सर्वसाधारणबाट फण्डका ११ करोड ८२ लाख ६२ हजार ९४० एकाई खरीदका माग परेको हो ।
जुन कुल बिक्री खुला भएको १२ करोड एकाईको ९८.५५ प्रतिशत हो ।सिडिएससीका अनुसार १ लाख ४० हजार ४७७ वटा आवेदनमार्फत एक अर्ब १८ करोड २६ लाख २९ हजार ४०० रुपैयाँ मूल्यको ११ करोड ८२ लाख ६२ हजार ९४० एकाई खरीदको माग भएको हो ।
कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी धनवृद्धि योजनाले १२–१७ जेठसम्म एक अर्ब २० करोड बराबरको १२ करोड एकाई निष्काशन तथा बिक्री खुला गरेको थियो ।

उक्त बन्दमुखी योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ बराबर छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको एकाई संख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवद्र्र्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो ।

प्रतिक्रिया