डोजरले फालेको ढुंगा लागेर विद्यार्थीको मृत्यु
मेरोन्यूज
२०७९ जेठ २६ गते १४:४३

काठमाडौँ । डोजरले फालेको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु भएको छ । सडक निर्माणका क्रममा डोजरले फालेको ढुंगा लागेर गुल्मीमा एक विद्यार्थीको मृत्यु भएको हो ।
मुसिकोट नगरपालिका ३ का १४ वर्षीय गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको हो ।
सडक निर्माण भइरहेको बेला डोजरले फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका विद्यार्थीको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । बालकलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गुल्मी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
डोजर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया