नेपाल टेलिकमले ल्यायो ‘फ्रि टु एयर’ अफर

काठमाडौँ । नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका ‘फ्रि टु एयर’ टेलिभिजन च्यानल निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ । सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोर मा उपलब्ध गराइएको छ ।
उक्त एपमार्फत एन्ड्रोइड र आइओएसका मोबाइलमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानललगायत अन्य विभिन्न टेलिभिजन च्यानल प्रत्यक्ष हेर्न सकिने छ । यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नु पर्छ ।
यसलगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ । यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत हेर्न सकिन्छ । एपमा भएका च्यानल हेरेबापत हाल छुट्टै शुल्क तिर्नु पर्दैन ।













खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
कांग्रेसको विशेष महाधिवेशन कार्यविधिमा के छ ?
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया