महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को नाराका साथ २८ वर्षदेखि वित्तीय सेवा दिँदै आएको महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकार प्रा.लि.बीच सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा लेसाइड पोखरादेखि सराङ्कोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।
सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले केबुलकार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
हाल बैंकले देशभर कूल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्रहकलाई उच्चस्तरीय वित्तीय सेवा दिँदै आएको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया