आफूमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने प्रक्रिया कहाँ पुग्यो: चन्दा चौधरी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद चन्दा चौधरीले आफूमाथि आक्रमणको प्रयास गर्ने र आमामाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर गृहमन्त्रीसँग जवाफ मागेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले गत २७ वैशाखमा सत्तारुढ दलका व्यक्तिले आफू र आफ्नी ८० वर्षीया आमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रियाबारे सदनमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने बताइन् ।
स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा घरमै रहेका बेला सत्तारुढ दलका व्यक्तिले ज्यान लिने गरी आएका र उनीहरुले स्थानीय प्रशासनले आफूलाई उद्धार गरेको उनले बताइन् ।
वृद्धा आमाथि दुर्व्यवहार र आफ्नो ज्यान लिन खोज्नेलाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै सांसद चौधरीले कारबाही प्रक्रियाबारे जानकारी मागेकी हुन् ।
२७ वर्षदेखि आफ्नो परिवारमाथि आक्रमण भइरहेको भन्दै उनले २७ वर्षअघि बेपत्ता बनाइएको दाइबारे अझै पत्तोपत्तो नरहेको बताइन् ।


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया