लागू औषधसहित पोखराबाट ३ जना पक्राउ
मेरोन्यूज
२०७९ जेठ २७ गते १७:१९
काठमाडौँ । पोखरामा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा ९ नागढुंगाबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार ८ का २५ वर्षीय विराज हमाल, सोही ठाउँका २६ वर्षीय देवान्स थापा र आँधिखोला गाउँपालिका ३ का २० वर्षीय मनिष पौडेल छन् ।
उनीहरूको साथबाट डाइजापाम ७० एम्पुल, फेनेरागन १२० एम्पुल र नुर्फिन ९५ एम्पुल गरी २८५ एम्पुल लागू औषध बरामद भएको छ । सबैलाई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
सम्बन्धित
















अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया