लागू औषधसहित पोखराबाट ३ जना पक्राउ
मेरोन्यूज
२०७९ जेठ २७ गते १७:१९
काठमाडौँ । पोखरामा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा ९ नागढुंगाबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार ८ का २५ वर्षीय विराज हमाल, सोही ठाउँका २६ वर्षीय देवान्स थापा र आँधिखोला गाउँपालिका ३ का २० वर्षीय मनिष पौडेल छन् ।
उनीहरूको साथबाट डाइजापाम ७० एम्पुल, फेनेरागन १२० एम्पुल र नुर्फिन ९५ एम्पुल गरी २८५ एम्पुल लागू औषध बरामद भएको छ । सबैलाई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
सम्बन्धित
















मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया