बुधबार, फागुन २७, २०८२

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

मेरोन्यूज २०७९ जेठ २७ गते १७:४५

काठमाडौँ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ सुरु भएको सिभिल बैंकले मोरङको सुन्दरहरैँचा नगरपालिका ३ गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन राष्ट्रिय सभा सदस्य माननीय रमेश जंग रायमाझीेले गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननिय रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख संचालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्पmत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलै गर्न सक्ने छन । बैंकले ११५ शाखामार्पmत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया