सिटिजन्स बैंक र मनकामना अस्पतालबीच सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक र भरतपुरस्थित मनकामना अस्पतालबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने सम्झता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डबाहकले मनकामना अस्पतालका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकको सुविधालाई ध्यानमा राखेर नेपालभित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था बैंकले विभिन्न बचत खातामा गरेको छ ।
आफ्ना ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि बैंकले कियोस्क ई.के.वाई.सी. तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधाको सुरुवात गरिसकेको छ ।
हाल बैंकले देशभरबाट १७४ वटा शाखा, १२५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सुविधा दिँदै आएको छ ।













समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया