सातामा केही सम्हालियो नेप्से, घट्ने क्रम जारी

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले गिरावट आएको छ । अघिल्लो साता १४५.०८ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता ३०.५४ अंकले घटेको हो ।
गत साताको अन्तिम कारोबार दिन शुक्रवार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रबारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । साताको पाँच दिन भएको शेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एक दिन वृद्धि भएको थियो ।
पछिल्लो समय शेयर बजार लामो समयदेखि निरन्तर गिरावट हुँदै आएको छ । बजारमा आएको निरन्तर गिरावटले १० महिनाअघि ३२ सय अंक नजिक पुगेको नेप्से इन्डेक्स करिब ११५०.६७ अंकले गिरावट आएर २०४८.१६ अंकको बिन्दुमा झरेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि समेत बजार सुधार हुन सकेको छैन । साताको पहिलो कारोबारको दिन सोमबार नेप्से सूचकमा १२.८९ अंकले गिरावट आएर २०६५.८२ बिन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ बिन्दुमा झरेको थियो । मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । तर बुधबार पछिल्लो एक हप्ताभन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको थियो ।
बिहीबारदेखि बजार बढ्ने आंकलन गरिए पनि एकदिन पनि टिक्न नपाई बिहीबार नेप्से परिसूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झ¥यो । बिहीबार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
बुधबारको तुलनामा बिहीबार कारोबार रकममा गिरावट आएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ । शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम गिरावट आएको छ ।
त्यस्तै, नेप्से परिसूचकमा ३० अंकभन्दा बढीले गिरावट आउँदा सातामा नेप्सेको कूल बजार पुँजीकरण ४१ अर्बभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब १७ अर्ब रुपैयाँमा सिमित भएको छ ।















सिरहामा पोखरीमा महिलाको शव फेला
सङ्खुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
Nepal Airlines to operate special rescue flight to Dubai tonight
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया