सातामा केही सम्हालियो नेप्से, घट्ने क्रम जारी

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले गिरावट आएको छ । अघिल्लो साता १४५.०८ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता ३०.५४ अंकले घटेको हो ।
गत साताको अन्तिम कारोबार दिन शुक्रवार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रबारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । साताको पाँच दिन भएको शेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एक दिन वृद्धि भएको थियो ।
पछिल्लो समय शेयर बजार लामो समयदेखि निरन्तर गिरावट हुँदै आएको छ । बजारमा आएको निरन्तर गिरावटले १० महिनाअघि ३२ सय अंक नजिक पुगेको नेप्से इन्डेक्स करिब ११५०.६७ अंकले गिरावट आएर २०४८.१६ अंकको बिन्दुमा झरेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि समेत बजार सुधार हुन सकेको छैन । साताको पहिलो कारोबारको दिन सोमबार नेप्से सूचकमा १२.८९ अंकले गिरावट आएर २०६५.८२ बिन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ बिन्दुमा झरेको थियो । मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । तर बुधबार पछिल्लो एक हप्ताभन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको थियो ।
बिहीबारदेखि बजार बढ्ने आंकलन गरिए पनि एकदिन पनि टिक्न नपाई बिहीबार नेप्से परिसूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झ¥यो । बिहीबार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
बुधबारको तुलनामा बिहीबार कारोबार रकममा गिरावट आएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ । शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम गिरावट आएको छ ।
त्यस्तै, नेप्से परिसूचकमा ३० अंकभन्दा बढीले गिरावट आउँदा सातामा नेप्सेको कूल बजार पुँजीकरण ४१ अर्बभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब १७ अर्ब रुपैयाँमा सिमित भएको छ ।












बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
तनहुँमा एकैदिन तीन वटा शव फेला, एक जनाको सनाखत
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया