नेपालमा चेरीको फ्ल्यागसिप मोडल टिगो ८ प्रो सार्वजनिक

काठमाडौँ । नेपालमा चेरी कारको एकमात्र आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले चेरी ब्राण्डको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यस गाडीमा चेरीको टेक्नोलोजी समावेश छ । यो गाडीमा फुल एलईडी लक्जरी लाइटिङ्ग सेट र विशेष लक्जरियस लेदर सिटहरु स्ट्याण्डर्डको रुपमा उपलब्ध छन् । चेरी अटोमोबाइलले नयाँ पुस्तामा यस मोडललाई ‘लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट’को रुपमा निर्माण गर्न प्रयास गरिरहेको छ ।
गाडीमा १.६ लिटर टर्बोचाज्र्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन इञ्जिन जडान गरिएको छ । विशेषगरी १.६ टीजीडीआईलाई २०१९ मा ‘चाइना हार्ट’ १० उत्कृष्ट इञ्जिनमा सूचीबद्ध गरिएको थियो । जसको अधिकतम पावर १४५ किलोवाट छ भने २९० एनएमको पिक टर्क छ ।
प्रयोगकर्ताको अनुकूल र अतिसुविधाजनक हाईटेक कन्फिगरेसनको सन्दर्भमा समेत यो गाडीमा धेरै सुविधा उपलब्ध छन् । स्मार्टफोनका लागि फास्ट वायरलेस चार्जिङ, अटोमेटिक फोल्डिङ र इलेक्ट्रिक हिटिङका साथै एन्टी फग फङसन भएका साइड मिरर जस्ता अटो उद्योगकै लिडिङ मानिने विभिन्न फिचरले सवारी धनीलाई सन्तुष्ट बनाउँछ ।
यसमा भएको ३६० डिग्री बर्ड्स आई भ्यु प्यानोरामिक सुपर–डेफिनेसन ब्याकअप क्यामेराले पार्किङ गर्न सहज बनाउनुका साथै फुर्सदिलो तरिकाले ड्राइभिङ अनुभव प्रदान गर्न सहज बनाउँछ ।
यो कारमा भएका डोर ओपनिङ वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ वा फरवार्ड कोलिजन वार्निङ, रियर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङका साथै विभिन्न स्थानमा भएका ६ वटा एयरब्यागलगायतका फस्र्ट इन क्लास सेफ्टी फिचर लगायतका एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले कारलाई निकै नै सुरक्षित बनाएको छ ।
यो कार रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लु, न्यु खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलरमा उपलब्ध हुने छ । गाडीको मूल्य ९९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया