नेपालमा चेरीको फ्ल्यागसिप मोडल टिगो ८ प्रो सार्वजनिक

काठमाडौँ । नेपालमा चेरी कारको एकमात्र आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले चेरी ब्राण्डको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यस गाडीमा चेरीको टेक्नोलोजी समावेश छ । यो गाडीमा फुल एलईडी लक्जरी लाइटिङ्ग सेट र विशेष लक्जरियस लेदर सिटहरु स्ट्याण्डर्डको रुपमा उपलब्ध छन् । चेरी अटोमोबाइलले नयाँ पुस्तामा यस मोडललाई ‘लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट’को रुपमा निर्माण गर्न प्रयास गरिरहेको छ ।
गाडीमा १.६ लिटर टर्बोचाज्र्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन इञ्जिन जडान गरिएको छ । विशेषगरी १.६ टीजीडीआईलाई २०१९ मा ‘चाइना हार्ट’ १० उत्कृष्ट इञ्जिनमा सूचीबद्ध गरिएको थियो । जसको अधिकतम पावर १४५ किलोवाट छ भने २९० एनएमको पिक टर्क छ ।
प्रयोगकर्ताको अनुकूल र अतिसुविधाजनक हाईटेक कन्फिगरेसनको सन्दर्भमा समेत यो गाडीमा धेरै सुविधा उपलब्ध छन् । स्मार्टफोनका लागि फास्ट वायरलेस चार्जिङ, अटोमेटिक फोल्डिङ र इलेक्ट्रिक हिटिङका साथै एन्टी फग फङसन भएका साइड मिरर जस्ता अटो उद्योगकै लिडिङ मानिने विभिन्न फिचरले सवारी धनीलाई सन्तुष्ट बनाउँछ ।
यसमा भएको ३६० डिग्री बर्ड्स आई भ्यु प्यानोरामिक सुपर–डेफिनेसन ब्याकअप क्यामेराले पार्किङ गर्न सहज बनाउनुका साथै फुर्सदिलो तरिकाले ड्राइभिङ अनुभव प्रदान गर्न सहज बनाउँछ ।
यो कारमा भएका डोर ओपनिङ वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ वा फरवार्ड कोलिजन वार्निङ, रियर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङका साथै विभिन्न स्थानमा भएका ६ वटा एयरब्यागलगायतका फस्र्ट इन क्लास सेफ्टी फिचर लगायतका एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले कारलाई निकै नै सुरक्षित बनाएको छ ।
यो कार रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लु, न्यु खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलरमा उपलब्ध हुने छ । गाडीको मूल्य ९९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।













कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने
राष्ट्रपतिले आह्वान गरे राष्ट्रियसभा बैठक
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया