जिसस रोल्पामा माओवादीको प्यानल विजयी

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) रोल्पामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएकी छन् । जिससको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भएका छन् ।
जिससको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भएका छन् । दलितबाट अल्पसंख्यक सदस्यमा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छन् ।
महिला सदस्यमा सोही पार्टीका जितकुमारी वि.क., मिना सुनार र शर्मिला पुनमगर निर्वाचित भएका छन् । बिस मतदाता रहेको रोल्पामा माओवादी केन्द्रको १४, नेपाली कांग्रेसको पाँच र नेकपा एमालेको एक मतदाता रहेको छ ।
उपप्रमुखबाहेक सबै पद निर्विरोध भएको हो । उपप्रमुखमा नेपाली कांग्रेसका टेकबहादुर बस्नेतले उम्मेदवारी दिएका थिए । उपप्रमुखमा माओवादी केन्द्रका कर्मलाल परियारले १३ मत र कांग्रेसका टेकबहादुर बस्नेतले ५ मत प्राप्त गरेका थिए ।
एक मत बदर भएको थियो भने एमालेले मतदानमा सहभागिता जनाएन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया