रूससँग इन्धन किन्न श्रीलंका तयार
काठमाडौँ । चरम आर्थिक संकट सामना गरिरहेको श्रीलंकाले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुन सक्ने बताएको छ । एशोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै उनले रूसी तेल खरिद गर्न आफू खुला रहेको बताएका छन् ।
युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रूसी तेल किन्न आफू खुला रहेको बताएका हुन् । बाह्य ऋण बढिरहेको भए पनि उनले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताएका छन् ।
आफ्नै कारणले आर्थिक संकट सामना गरिरहेको श्रीलंकालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आगामी दुई वर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नु पर्ने सम्भावित परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।
विदेशीमुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलंकालाई आर्थिक संकटबाट पार लगाउन राष्ट्रपति गोटावाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गरेका विक्रमसिङ्घे अर्थमन्त्री पनि हुन् ।
















लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया