अमेरिकी बन्दुक नियन्त्रणः सुरक्षा उपायबारे सिनेटरहरूको क्रस–पार्टी समूह सहमत

न्युयोर्क । अमेरिकी सिनेटरहरूको एउटा क्रस–पार्टी समूहले बन्दुक सुरक्षामा सम्भावित कानूनको लागि एउटा ढाँचामा सहमति जनाएको छ । बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब बढिरहेका बेला समूहले सहमति जनाएको हो ।
समूहले तयार गरेको प्रस्तावमा २१ वर्ष मुनिका खरिदकर्तामा कडा जाँच र अवैध बन्दुक खरिदमा नियन्त्रण रहनेछन् । प्रस्तावलाई १० जना रिपब्लिकनहरुले समर्थन जनाएका छन् । राष्ट्रपति जो बाइडेनले समूहले ल्याएका योजनाहरु सहि दिशाका लागि महत्वपूर्ण कदम भएको बताएका छन् ।
बन्दुकसम्बन्धी कानुनलाई कडाइ गर्ने यसअघिका प्रयास अमेरिकी कंग्रेसमा आवश्यक समर्थनको अभावमा बिफल भएका थिए । दुईवटा सामूहिक गोलीकाण्डको घटनापछि अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै शनिबार हजारौं प्रदर्शनकारीले अमेरिकाभर जुलुस निकालेका थिए ।
सिनेट समूहले एक विज्ञप्तिमा भनेको छ, ‘आज हामी अमेरिकाका बालबालिकाको सुरक्षा गर्न, हाम्रा विद्यालयहरूलाई सुरक्षित राख्न र हाम्रो देशमा हुने हिंसाको खतरालाई कम गर्नका लागि द्विपक्षीय प्रस्तावको घोषणा गर्दैछौँ ’, सिनेट समूहले एक विज्ञप्तिमा भनेको छ ।
राष्ट्रपति बाइडेनले सांसदहरूलाई प्रस्तावहरू चाँडै पारित गर्न आग्रह गरे ।















बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया