नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ७६ लाख नाघे

काठमाडौं । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ नाघेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार ३१ वैशाखसम्म मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो ।
जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७८ वैशाख मसान्तसम्म कुल मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या एक करोड ७३ लाख ८२ हजार ४४८ थियो ।
यसै आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रविधिबाट मात्र कुल ११ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, समीक्षा अवधिमा भुक्तानीको औजार वालेट प्रयोगकर्ता एक करोड ४८ लाख ८४ लाखबाट एक अर्ब ४६ करोड ६० लाख रुपैयाँ कारोबार भएकोमा एक करोड चार लाख ६२ हजार ६०८ वटा डेबिट कार्ड (एटीएम) बाट आठ अर्ब एक करोड ९२ लाख रुपैयाँ, दुई लाख १५ हजार १८ जना क्रेडिट कार्ड प्रयोगकर्ताहरूबाट १२ करोड ४५ लाख रुपैयाँ र दुई लाख ५२ हजार ७०५ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूबाट एक अर्ब १९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ ।
यस्तै अन्य डिजिटल भुक्तानीका साधनहरू कनेक्ट आईपीएस, प्रिपेडकार्ड, आरटीजीएसलगायतका प्रणालीबाट समेत अर्बौंको कारोबार भएको बैंकले जनाएको छ ।













जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कोरला नाकामा ठूलो परिमाणमा भेप बरामद
कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया