कास्की,मोरङ र काभ्रेमा तीन जना मृत अवस्थामा फेला
मेरोन्यूज
२०७९ जेठ ३० गते १३:१६

काठमाडौं । कास्की, मोरङ र काभ्रेपलाञ्चोकमा तीन जना मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१३ स्थित दुई कुलोको मुहानमा सोही ठाउँ डेरा गरी बस्ने लमजुङ भोजे घर भएका ५७ वर्षीय लाल बहादुर गुरुङ आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङको सुनवर्षी नगरपालिका–३ सुरत बस्ने ४९ वर्षीय मङजोल भन्ने सिडो टुडु सोही नगरपालिका–४ स्थित खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काम गर्न भनी शनिबार उक्त खेतमा गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ सौर्य बस्ने ५० वर्षीय शेर बहादुर घले आफ्नै घरबाट करिब एक सय मिटर टाढा रहेको सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया