स्थानीयले गरे पूर्व गृहमन्त्री अधिकारीको घर जाने बाटो बन्द
काठमाडौँ । पोखराको लेखनाथस्थित पचभैया क्षेत्रका नागरिकले सडक स्तरोन्नतिमा सरकारले उदासीनता देखाएको भन्दै सांकेतिक रुपमा बाटो बन्द गरिदिएका छन् ।
पूर्व गृहमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सांसद खगराज अधिकारीको घर जाने बाटो रहेको बेगनास भोर्लेटार सडकमा सांकेतिक विरोध स्वरुप बन्द गरिदिएका हुन् । उनीहरूले सोमबार बिहान आधा घण्टा बाटोमा गाडी हिँड्न रोकिदिए ।
पटकपटक सडक मर्मतका लागि सरोकारवाला निकायलाई घचघच्याउँदा सुनुवाइ नभएपछि बाध्य भएर सडक बन्द गर्नु परेको नागरिक सरोकार समितिका सदस्य दामोदरभक्त थापाले बताए ।
‘भन्नु पर्ने ठाउँमा भनिसक्यौँ, कोही नेता र कर्मचारी छैनन् भन्न बाँकी,’ उनले भने, ‘कसैले सुनेनन्, बाटो बन्द गर्नुको विकल्प भएन, अझै सुनुवाइ नभए थप कार्यक्रम गर्छौं ।’
निर्वाचनका बेला बजेट दिन नमिल्ने भनेपछि स्थानीयले नै पैसा उठाएर खाल्डा टालेका थिए । चुनाव जितेपछि पनि कुनै सुनुवाइ नभएको थापाले बताए ।
यो बाटो कास्कीको बेगनासतालबाट लमजुङको भोर्लेटार छिचोल्ने सबैभन्दा छोटो दूरीको बाटो हो । त्यहाँको करिब ८ किलोमिटर बाटो निकै साँघुरो र बढी खाल्डाखुल्डी भएकोले मर्मतका लागि आग्रह गरिएको स्थानीयले बताए ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया