संसदमा खेतीको चर्चा : मल कसरी ल्याउने ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक आधा घण्टा स्थगित भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको विषयमाथि सांसदले बोल्ने क्रम सकिएपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पूर्णकुमारी सुवेदीले विगतदेखि नै पहल हुँदै आए पनि मलको आपूर्तिको समस्या कायमै रहेको बताएकी थिइन् ।
उनले अर्गानिक खेती र अर्गानिक मल उद्योगको विषयमा कृषि समितिमा समेत आवाज उठेको स्मरण गराउँदै तत्कालीन समस्या भनेको जिटुजिमार्फत किसानको खेतमा मल पुग्ने वातावरण बनाउनु रहेको बताएकी थिइन् ।
एक देशबाट मात्रै मल ल्याउँदा समस्या भएकाले अर्को मुलुकबाट आउने नाका खुला गर्न उनले सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
यस्तै, सांसद शक्तिबहादुर बस्नेतले मुलुकको विभिन्न परिस्थितिले मुलुकमा सधैँ मल अभाव हुँदै आएको र समस्या समाधानका लागि हरित अर्थतन्त्र महत्वपूर्ण भएको बताएका थिए ।
उनले तत्कालका लागि सुशासनलाई ध्यान दिनु पर्नेमा जोड दिए । टेन्डरदेखि नै कार्टेलिङ हुने गरेको जानकारी गराउँदै यो समस्या कृषि मन्त्रीबाटै समाधान हुन नसक्ने भएकाले प्रधानमन्त्री स्तरबाटै उच्चस्तरीय संवाद जरुरी रहेको बताए ।
सांसद महेश बस्नेत फोहोरलाई कम्पोष्ट मलका रुपमा रुपान्तरण गर्ने योजना ल्याउनु पर्ने आवश्यकता औँल्याएका थिए । उनले नीतिगत सुधारदेखि मन्त्रीको व्यवहार सुधार हुनु जरुरी रहेको बताएका थिए ।
सांसद देवप्रसाद तिमिल्सिनाले किसानलाई मलखाद दिनु पर्ने कुरा सदनमा पटकपटक उठाउँदै आएको स्मरण गर्दै समस्या समाधान हुन नसकेको बताएका थिए ।
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया