नेप्से परिसूचकको गिरावट रोकिएन

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । पछिल्लो समय लगातार गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंकले घटेको छ । सोमबार कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्सेसँग पछिल्लो समय कारोबार रकममा समेत गिरावट आउन थालेको छ । सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।
सोमबार नेप्से ओरालो लागे पनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बलेफी हाइड्रोपावर र ग्रीन भेञ्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.४० प्रतिशत घटेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सिभिल बैंकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।












खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया