नेप्से परिसूचकको गिरावट रोकिएन

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । पछिल्लो समय लगातार गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंकले घटेको छ । सोमबार कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्सेसँग पछिल्लो समय कारोबार रकममा समेत गिरावट आउन थालेको छ । सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।
सोमबार नेप्से ओरालो लागे पनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बलेफी हाइड्रोपावर र ग्रीन भेञ्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.४० प्रतिशत घटेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सिभिल बैंकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया