दिदीको घर गएका पुरुषको हत्या आशंकामा भिनाजुसहित ५ जना पक्राउ
मेरोन्यूज
२०७९ जेठ ३० गते २०:३५
काठमाडौँ । पर्साको बहुदरमाई नगरपालिका २ सिसियाडी बैरियाटोलमा ४० वर्षीय राजेश रामको हत्यामा संलग्न अरोपमा आफ्नै भिनाजु पक्राउ परेकी छन् । उनीसहित अन्य ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जगरनाथपुर गाउँपालिका ६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनितादेवी र २२ वर्षीया रिंकु देवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरुलाई ७ दिन हिरासतमा राख्न पर्सा जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ । जेठ २८ गते बिहान करिब ११ बजे जगरनाथपुर ६ स्थित नारा खोलाको खोल्सीमा घोप्टो परेको र घाँटीमा गम्छाले कसिएको अवस्थामा राजेशको शव फेला परेको थियो । राजेश जेठ २४ गते दिदीको घरमा गएका थिए ।
उनको हत्यामा भिनाजुसहित परिवारका ५ जना सदस्य संलग्न रहेको प्रहरीले आशंका गरेको छ ।
सम्बन्धित
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया