दिदीको घर गएका पुरुषको हत्या आशंकामा भिनाजुसहित ५ जना पक्राउ
मेरोन्यूज
२०७९ जेठ ३० गते २०:३५
काठमाडौँ । पर्साको बहुदरमाई नगरपालिका २ सिसियाडी बैरियाटोलमा ४० वर्षीय राजेश रामको हत्यामा संलग्न अरोपमा आफ्नै भिनाजु पक्राउ परेकी छन् । उनीसहित अन्य ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जगरनाथपुर गाउँपालिका ६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनितादेवी र २२ वर्षीया रिंकु देवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरुलाई ७ दिन हिरासतमा राख्न पर्सा जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ । जेठ २८ गते बिहान करिब ११ बजे जगरनाथपुर ६ स्थित नारा खोलाको खोल्सीमा घोप्टो परेको र घाँटीमा गम्छाले कसिएको अवस्थामा राजेशको शव फेला परेको थियो । राजेश जेठ २४ गते दिदीको घरमा गएका थिए ।
उनको हत्यामा भिनाजुसहित परिवारका ५ जना सदस्य संलग्न रहेको प्रहरीले आशंका गरेको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया