स्थानीय तहको निर्वाचनमा नेकपा एसलाई सम्मान भएन : नेता खनाल

काठमाडौँ । नेकपा एकीकृत (समाजवादीको स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदनमाथि छलफल भएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रीय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु भएको हो । सचिवालयको तर्फबाट प्रस्तुत समीक्षा प्रतिवेदनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
नेता खनालले प्रतिवेदनमा नेताले आ–आफ्नो धारणा राखेको र त्यसबाट शिक्षा लिएर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनका अनुसार प्रतिवेदनमा पाँच दलीय गठबन्धन सम्मानजनक नभएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालिएको छ ।
‘स्थानीय तह निर्वाचनको सम्बन्धमा समीक्षा बैठक हो यो, समीक्षासम्बन्धी एउटा प्रतिवेदन तयार भएको छ, यसमा सबैले आफ्नो कुरा राख्नु भएको छ, छलफल हुँदैछ, र यो समीक्षाको सन्दर्भमा वास्तवमा पाँच दलको बीचमा जुन ढंगले गठबन्धन हुनु पर्ने थियो, त्यो ढंगले भएन,’ नेता खनालले भने, ‘तर, त्यसबाट के शिक्षा लिने भन्नेबारे अझै छलफल गर्दै छौँ, त्यो क्रम जारी छ ।’
बैठक भोलि पनि जारी रहने र निर्वाचनको समीक्षाबारे पार्टीको ठोस धारणा सार्वजनिक हुने नेकपा एसले जनाएको छ ।


















‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रोबोटले तोड्यो मानव कीर्तिमान
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया