बागमती प्रदेशको बजेटः निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म

हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०७९/०८० को बजेटले मिर्गौला रोगीका लागि निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्मलाई समेटिएको छ ।
प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूमा आधुनिक औजार तथा उपकरण खरिद तथा मर्मत सम्भार र औषधिको व्यवस्थाका लागि ३८ करोड २ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि मामोग्राफी मेसिन खरिद गरी निःशुल्क सेवा प्रदान गरिने भएको छ ।
महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी पाठेघर खस्ने समस्या, अब्सट्रेटिक फिस्टुला लगायतका समस्याहरुको शिविरमार्फत समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गरिने भएको छ । एक विद्यालय एक नर्स कार्यक्रमका लागि २८ करोड रूपैयाँ गरिएको छ ।
बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बजेटले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रको स्वास्थ्य पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र विपन्न वर्गसम्मलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि गर्न मद्धत पुर्याउने स्वास्थ्य मन्त्री निमा लामाले प्रतिक्रिया दिए ।
प्रदेशको बजेटमध्ये स्वास्थ्य मन्त्रालयमा ४ अर्ब ८९ करोड २३ लाख बजेट विनियोजन भएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया