दीपेन्द्र आईसिसी अलराउन्डरमा नवौं स्थानमा उक्लिए

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसीको अलराउन्डर वरीयताको नवौं स्थानमा उक्लिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कुनै पनि खेलाडीको यो अहिलेसम्मकै उत्कृष्ट वरीयता हो ।
आइसिसीले बुधबार सार्वजनिक गरेका वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौं स्थानमा उक्लिएका हुन् । यसअघि दीपेन्द्र वरीयताको १०औं स्थानमा थिए ।
अलराउन्डर वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी छन् ।
यस्तै, दीपेन्द्र ट्वान्टी ब्याटिङ वरीयताको ४३औं स्थानमा छन् । नेपालका ओपनर ब्याटर यो वरीयताको ३९औं स्थानमा छन् ।
ट्वान्टी २० ब्याटिङ वरीयतामा कुशल र दीपेन्द्रबाहेक आसिफ शेख ९८औं स्थानमा छन् ।
ट्वान्टी २० बलिङ वरीयतामा नेपालका कप्तान सन्दीप लामिछाने ३९औं स्थानमा छन् । बलिङमा सन्दीपबाहेक, अविनास बोहरा ९०औं स्थानमा छन् ।
एकदिवसीय ब्याटिङ वरीयतामा समेटिएका नेपालका एकमात्र ब्याटर रोहित पौडेल ८२औं स्थानमा छन् । यस्तै, एकदिवसीयको बलिङ वरीयतामा समेटिएका नेपालका कप्तान सन्दीप ४३औं स्थानमा छन् ।
















२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया