सोमबार, पुष २८, २०८२

पेट्रोलियम पदार्थमा मूल्य बढेर आयो, समायोजन गर्न बाँकी

मेरोन्यूज २०७९ असार २ गते १८:५४

काठमाडौं । भारतीय आयल निगम (आईओसी)ले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाउको छ । जसअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तै, डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । नयाँ मूल्य सूची प्राप्त भएसँगै नेपाल आयल निगमको लागत मूल्य बढेको छ ।

बढेको मूल्यअनुसार मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा, खाना पकाउने ग्याँसमा २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ । बढेको मूल्यसँगै निगमको घाटा आकाशिएको छ ।

अहिले बिक्री मूल्यअनुसार पेट्रोल र डिजेलमा घाटा प्रतिलिटर क्रमशः ३१ रुपैयाँ २८ पैसा र ३७ रुपैयाँ १६ पैसा पुगेको छ । निगमको १५ दिनमा अनुमानित ४ अर्ब ८१ करोड ९१ लाख घाटा भएको छ ।

निगमले बढेर आएको पेट्रोलिय पदार्थको मूल्यअनुसार मूल्य समायोजन गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया