काली गण्डकी नदीमा डुंगा पल्टिएर डुबेकाहरूको उद्धार
मेरोन्यूज
२०७९ असार २ गते २१:०६
पाल्पा । काली गण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ ।
र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् ।
उनीहरूलाई रानीमहल क्षेत्रदेखि एक हजार ५ सय मिटर तल्लो भागबाट उद्धार गरिएको प्रहरी चौकी रानीमहलका प्रमुख दधिराम कार्कीले जानकारी दिए । उनका अनुसार सबैको अवस्था मध्यम रहेको छ । र्याफ्टिङ गर्ने एक जना भैरहवाका र बाँकी भारतको गोरखपुरका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले अस्थायी प्रहरी चौकी रानीमहलका हवल्दार दधिराम कार्कीको नेतृत्वको टोलीले उद्धार गरेको बताए । डुंगा पुलको पिलरमा ठोकिएर पल्टिएको बताइएको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया