नेपाल बैंकका ग्राहकलाई मोबाइल एप चलाउँदा डाटा निशुल्क

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकलाइ सो सुविधा दिने भएको हो ।
नेपाल बैंक र नेपाल टेलिकमबीच भएको सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र बैंकका चिफ फाइनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका थिए ।
यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा एक समारोहबीच हस्ताक्षर भएको हो । सम्झौताअनुसार टेलिकमको मोबाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकले इन्टरनेट वा डाटाको आवश्यकता नपर्ने भएको हो ।
नेपालभर २१३ शाखा, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत बैंकले करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया