नेपाल बैंकका ग्राहकलाई मोबाइल एप चलाउँदा डाटा निशुल्क

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकलाइ सो सुविधा दिने भएको हो ।
नेपाल बैंक र नेपाल टेलिकमबीच भएको सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र बैंकका चिफ फाइनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका थिए ।
यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा एक समारोहबीच हस्ताक्षर भएको हो । सम्झौताअनुसार टेलिकमको मोबाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकले इन्टरनेट वा डाटाको आवश्यकता नपर्ने भएको हो ।
नेपालभर २१३ शाखा, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत बैंकले करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।












थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया