अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदर वृद्धि
मेरोन्यूज
२०७९ असार २ गते २१:५४
काठमाडौँ । अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ । विगत तीस वर्षको तुलनामा पहिलोपटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो ।
फेडरल रिजर्भ बैंकले आगामी तीन वटा त्रैमासिकमा एक दशमलव पाँचदेखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलोपटक हो ।
गत मार्चमा पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महंगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अनुमान अर्थविद्हरूले गरेका छन् ।
यो वर्षको अन्त्यसम्ममा बैंकहरूले फेडरल रिजर्भ बैंकबाट सापटी लिँदा तीन दशमलव चार प्रतिशतसम्म ब्याज तिर्नु पर्ने अवस्था आउने बताइएको छ । यसले सर्वसाधारण पाउने ऋणको ब्याज पनि बढाउने निश्चित छ ।
सम्बन्धित















आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक
लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया