छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा फेरि अर्का शिक्षक पक्राउ

गुल्मी । आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा फेरि अर्का शिक्षक पक्राउ परेका छन् । केही समय अगाडी पनि आफ्नै विधालयकी छात्रालाइ दुर्व्यवहार गरेको आरोपमा काठमाडौंमै शिक्षक पक्राउ परेका थिए ।
तर यो घटना भने गुल्मीको हो । गुल्मी प्रहरीले आफ्नै विधालयमा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ।
पीडक शिक्षक र पीडित भनिएकी छात्रा एउटै विद्यालयको भएकोले प्रहरीले आरोपितको समेत नाम गोप्य राखेको छ।
कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार, घटना १५ दिन पहिलेको हो । तर पनि अभिभावकले ढिलोगरी उजुरी दिएपछि बुधबार मात्रै ती शिक्षकलाई पक्राउ गरिएको हो ।
‘घटना जेठ १७ गतेको रहेछ, तर अभिभावकले बुधबारमात्रै जाहेरी दिनुभयो, जाहेरी प्राप्त भएपछि बुधबार नै उनलाई पक्राउ गरिएको छ,’ प्रहरी नायब उपरीक्षक खरेलले भने।
खरेलले बुधबार पक्राउ परेका शिक्षक उपर बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धानको काम सुरू गरिएको बताए।
















सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया