बिहीबार, फागुन २८, २०८२

नबिल बैंकले पर्यावरणमैत्री व्यवसायलाई कर्जा दिने

मेरोन्यूज २०७९ असार ३ गते १७:०७

काठमाडौँ । नबिल बैंकले पहिलोपटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधाअन्तर्गत ‘नबिल इको फ्र्याण्ड्ली बिजनेस लोन’ जारी गरेको छ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ बैंकले यस्तो लोन जारी गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले जारी गरेको लोनअन्तर्गत फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वनविनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायका लागि आकर्षक सुविधा तथा ब्याजदरसहित नयाँ कर्जा योजना ल्याएको हो । यसअन्तर्गत बैंकले साबिकभन्दा शून्य दशमलब ५ प्रतिशत (०.५%) कममा कर्जा उपलब्ध गराउने छ ।

बैंकले पर्यावरणमैत्री व्यवसायीको व्यवसाय बढाउन मद्दत गर्नका लागि क्षमता अभिवृद्धि कार्यक्रम र व्यवसाय विकास तथा परामर्श सुविधा प्रदान गर्ने भएको हो । साथै, आफ्ना ग्राहकवर्गसम्म व्यवसायको उत्पादन र सेवा वितरणलाई सहज बनाउने उद्देश्यले ‘नबिल सिम सहकार्य योजनामा’ आबद्ध गराउने छ ।

‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जा योजना हाम्रो दिगो बैंकिंगअन्तर्गतको विभिन्न प्रयासमध्ये एक हो, जसअनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,’ बैंकका एमएफ विभागका प्रमुख निरज कुमार बस्नेतले भने ।

बैंकले हाल देशभरबाट १५० शाखा, १८७ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया