बिहीबार, माघ ८, २०८२

गोंगबुबाट हिउँ चितुवाको छालासहित तीन जना पक्राउ

मेरोन्यूज २०७९ असार ३ गते १७:१४

काठमाडौँ । टोखा नगरपालिका १० गोंगबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका २ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका ६ आरुबोटेका ३९ वर्षीय सुक बहादुर घले र सोही ठाउँका ४१ वर्षीय सूर्य बहादुर घले रहेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद छालासहित आवश्यक करबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

प्रतिक्रिया