मीनभवनमा अनेरास्ववियूको प्रदर्शनमा प्रहरीको हस्तक्षेप (भिडियोसहित)
मेरोन्यूज
२०७९ असार ३ गते २१:३६

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँको मीनभवनमा विद्यार्थी संगठनले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
विद्यार्थी संगठनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सम्झौता रोक्नु पर्ने माग राख्दै आन्दोलन गरेको हो । उनीहरूले अर्थमन्त्री जनार्दन शर्मालाई कारबाही गर्नु पर्ने मागसमेत राखेका थिए ।
यस्तै, आन्दोलनमा सहभागी विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्य घटाउनु पर्ने माग राखेका थिए । नेपाल कमर्श क्याम्पसको अनेरास्ववियूले निकालेको प्रदर्शनमा प्रहरीले क्याम्पस हाताभित्रै गएर विद्यार्थीमाथि धरपकड गरेको विद्यार्थी नेताहरूले आरोप लगाएका छन् ।
प्रदर्शनमा क्याम्पसका सचिव प्रकाश रावल, उपाध्यक्ष प्रवीन गिरी र रविन सिंह घाइते भएका छन् ।
सम्बन्धित
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया