हाेटल पाैवाकाे स्वमिङ पुलमा डुबेर एक युवाकाे मृत्युु

भैरहवा । उद्देश्य विपरित सञ्चालित भैरहवाको स्वमिङ पुलमा डुबेर एक युवाको मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको पुष्टि गरे ।
सिद्धाथनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरित संरचना बनाएर होटल चलाईरहेको छ । होटलको सोही स्वमिङ पुलमा डुबेर स्थानीय युवाको मृत्युु भएको हो ।
गर्मी बढेसँगै स्वमीङ जानेको मानिसको संख्या बढेको छ, । गर्मी छल्न साथीहरुसँग स्वीमिङ गर्न पुगेका तुलाधर सवा ५ बजेतिर पानीमा डुबेका थिए । उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी पौडेलले बताए ।

बाल उद्यान सञ्चालन स्वीकृति पाएको कम्पनीले उद्देश्य विपरितका संरचना बनाएर होटल सञ्चालन गरिरहेको छ । होटल परिसरमा २ वटा स्वीमिङ पुल, र माछा पालनसहितको एक पोखरी पनि छ, जहाँ बेला बेलामा बोटिङ हुन्छ ।
यही साता मात्रै बुटवलमा पनि स्वमिङ पुलमै डुबेर एक युवाको मृत्यु भएको थियो । होटल तथा वाटर पार्क र स्विमिङ पुल सञ्चालकहरुले सुरक्षा मापदण्ड नअप्नाउँदा एक साता नबित्दै अर्को दुःखद घटना दोहोरिएको हो । सेफ्टी गार्ड र सुरक्षा मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्नु पर्नेमा होटलहरुले वेवास्ता गर्दा दुखद घटना घट्ने गरेको छ ।
मृतकका भाइ अशोक राज श्रेष्ठले होटेलको स्विमिङ पुलमा चरम लापरबाहीका कारण दुःखद घटना भएको बताए, उनले घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका छन ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया