पौडी खेल्ने क्रममा डुबेर चितवनका राजनको पोर्चुगलमा मृत्यु
मेरोन्यूज
२०७९ असार ४ गते ७:४१
लिस्बन । वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो ।
सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए ।
कामबाट आएलगत्तै पौडी खेल्न गएका उनी लामो समयसम्म कोठामा नफर्केपछि सँगै बस्ने साथीहरु खोज्न जाँदा तालमा डुबेको अवस्थामा फेला परेको अधिकारीले बताए । सुवेदी तालमा डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।
मृतक सुवेदी ग्वारडास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । शर्माको श्रीमती र एक छोरी नेपालमा रहेका छन् । यसअघि पनि एक नेपालीको समुद्रमा डुबेर निधन भएको थियो ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया