परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी

इस्लामाबाद । पाकिस्तानका पूर्वसैन्य नेता परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ । सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुशर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ ।
स्रोतका अनुसार मुशर्रफलाई एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ । जियो न्युजका अनुसार उनलाई स्वदेश ल्याएर नै थप उपचार गर्ने तयारी भइरहेको छ । परिवारले मुसरफलाई पाकिस्तान ल्याउने निर्णय गरिसकेको छ ।
पूर्वराष्ट्रपति मुशर्रफ विगत ६ वर्षदेखि उपचारका लागि दुबईमा छन् । मुशर्रफको स्वास्थ्यमा समस्या आएको खबर सार्वजनिक भएपछि गठबन्धन सरकारको प्रमुख घटक पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र सैन्य नेतृत्वले पूर्वराष्ट्रपतिलाई स्वदेश फर्कन चाहेको खण्डमा स्वदेश ल्याउनुपर्ने बताएको थियो ।
पीएमएल–एन प्रमुख नवाज सरिफले गत साता गठबन्धन सरकारलाई मुशर्रफलाई पाकिस्तान फर्कन चाहेको खण्डमा सहजीकरण गर्न आग्रह गरेका थिए ।









२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया