राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौँ : नेता महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर अमेरिकाको स्टेट पाटर्नर प्रोग्राम (एसपीपी)को सम्झौता रद्द गर्नु पर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ शंकरदेव क्यापसले आयोजना गरेको फुटसल प्रतियोगिताको काठमाडौँको बालुवाटारमा उद्घाटन गर्दै नेता महरले सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति जुटाएर एसपीपी रद्द गर्न अमेरिकालाई पत्र पठाउनु पर्ने बताएका हुन् ।
‘एसपीपी अगाडि नबढाउने भनेर प्रधानमन्त्रीले भनिसक्नु भएको छ,’ उनले भने, ‘सेनाले पनि एसपीपीमा सहभागी नहने भनिसक्यो, सबै राजनीति दलले पनि एसपीपी स्वीकार्न नहुने धारणा राखेका छन् ।’
महरले एसपीपी रद्द गर्ने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । वैदेशिक मामिलाको विषयलाई राजनीतिक मुद्दा बनाएर गिजोल्न नहुने उनको भनाइ छ ।
‘यो विषय दलले एकले अर्कालाई राष्ट्रघाती करार गर्ने कुरा होइन, नेपाली सेनालाई समेत विवादमा तान्ने काम भएको छ,’ उनले भने, ‘राज्यका सबै संरचनाप्रति नागरिक अविश्वस पैदा गराउन हुँदैन, यसले व्यवस्थामाथि नै खतरा ल्याउन सक्नेमा हामी सजक हुन जरुरी छ ।’
एसपीपी इण्डो प्यासिफिक स्ट्राटेजीको अंग भएको थाहा भाएर पनि पूर्ववत् केपी ओली सरकारले खारेज नगरेर किन होल्ड गरेको भन्दै उनले प्रश्न पनि गरे ।
‘अमेरिकाले एसपीपी सम्झौता सैन्य रणनीतिको अंग भनेपछि पनि ओली सरकारले सम्झौता किन होल्ड गर्यो ? त्यसका पछाडिको नियत के थियो ?,’ उनले भने, ‘राष्ट्रवादको भ्रम छर्ने एमाले नेतृत्वलाई यो प्रश्नले लखेटि रहने छ ।’
















इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया