बेँसीशहर नगरद्वारा वडालाई सीधै ७ करोड २५ लाख बजेट

लमजुङ । बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७९–०८० का लागि वडालाई सीधै ७ करोड २५ लाख बजेट दिएको छ । नगरपालिकाले वडा स्तरीय योजना तथा कार्यक्रम तय गर्नका लागि ११ वटै वडालाई यतिका बजेटको सीमा निर्धारण गरेको हो ।
वडागत रूपमा सबैभन्दा बढी बजेट वडा नम्बर १० र ११ लाई छुट्टाइएको छ । वडा नम्बर १० र ११ वडालाई ७३ लाख १७ हजार बजेटको सीमा तोकिएको छ । त्यसैगरी वडा नम्बर ७ लाई ६७ लाख २९ हजार, वडा नम्बर ८ मा ६७ लाख २२ हजार, वडा नम्बर २ लाई ६६ लाख ३५ हजार, वडा नम्बर ३ लाई ६४ लाख ७० हजार, वडा नम्बर ५ लाई ६४ लाख ३७ हजार, वडा नम्बर ६ लाई ६३ लाख ५७ हजार, वडा नम्बर १ लाई ६३ लाख २५ हजार, वडा नम्बर ४ लाई ६१ लाख ६४ हजार र वडा नम्बर ९ लाई ६० लाख २७ हजार बजेटको सीमा निर्धारण गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।
नगरपालिकाले वडा स्तरीय तथा नगर स्तरीय योजना निर्माण गर्दा सम्पन्न हुन अधुरा योजनालाई प्राथमिकता दिने र योजना तथा कार्यक्रम प्राथमिकीकरण तथा छनौट गर्दा दलित समुदाय लाभान्वित हुने योजना तथा कार्यक्रमलाई विशेष ध्यान दिनुपर्ने निर्णय नगरपालिकाले गरेको छ ।
त्यसैगरी आर्थिक, सामाजिक विकास, भौतिक, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकासका क्षेत्रलाई समेटी योजना छनौट गर्ने र वडा सञ्चालनका लागि ३ लाख भन्दाबढी बजेट नराख्ने लगायतका बैठकले निर्णय गरेको छ ।
बैठकले वडागत योजना छनौट तथा प्रथामिकीकरण गर्दा वडास्तरीय, नगरस्तरीय तथा संघ र प्रदेशमा सिफारिस गर्ने खालका अलग अलग योजना ल्याउनुपर्ने निर्णय गरेको छ ।
बेँसीशहर नगरपालिकाको नगरसभा यही असार १० गते हुने भएको छ भने आर्थिक वर्ष २०७९–०८० का लागि कूल आय अनुमान ७४ करोड ८३ लाख ६९ हजार रहेको छ ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया