बेँसीशहर नगरद्वारा वडालाई सीधै ७ करोड २५ लाख बजेट

लमजुङ । बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७९–०८० का लागि वडालाई सीधै ७ करोड २५ लाख बजेट दिएको छ । नगरपालिकाले वडा स्तरीय योजना तथा कार्यक्रम तय गर्नका लागि ११ वटै वडालाई यतिका बजेटको सीमा निर्धारण गरेको हो ।
वडागत रूपमा सबैभन्दा बढी बजेट वडा नम्बर १० र ११ लाई छुट्टाइएको छ । वडा नम्बर १० र ११ वडालाई ७३ लाख १७ हजार बजेटको सीमा तोकिएको छ । त्यसैगरी वडा नम्बर ७ लाई ६७ लाख २९ हजार, वडा नम्बर ८ मा ६७ लाख २२ हजार, वडा नम्बर २ लाई ६६ लाख ३५ हजार, वडा नम्बर ३ लाई ६४ लाख ७० हजार, वडा नम्बर ५ लाई ६४ लाख ३७ हजार, वडा नम्बर ६ लाई ६३ लाख ५७ हजार, वडा नम्बर १ लाई ६३ लाख २५ हजार, वडा नम्बर ४ लाई ६१ लाख ६४ हजार र वडा नम्बर ९ लाई ६० लाख २७ हजार बजेटको सीमा निर्धारण गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।
नगरपालिकाले वडा स्तरीय तथा नगर स्तरीय योजना निर्माण गर्दा सम्पन्न हुन अधुरा योजनालाई प्राथमिकता दिने र योजना तथा कार्यक्रम प्राथमिकीकरण तथा छनौट गर्दा दलित समुदाय लाभान्वित हुने योजना तथा कार्यक्रमलाई विशेष ध्यान दिनुपर्ने निर्णय नगरपालिकाले गरेको छ ।
त्यसैगरी आर्थिक, सामाजिक विकास, भौतिक, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकासका क्षेत्रलाई समेटी योजना छनौट गर्ने र वडा सञ्चालनका लागि ३ लाख भन्दाबढी बजेट नराख्ने लगायतका बैठकले निर्णय गरेको छ ।
बैठकले वडागत योजना छनौट तथा प्रथामिकीकरण गर्दा वडास्तरीय, नगरस्तरीय तथा संघ र प्रदेशमा सिफारिस गर्ने खालका अलग अलग योजना ल्याउनुपर्ने निर्णय गरेको छ ।
बेँसीशहर नगरपालिकाको नगरसभा यही असार १० गते हुने भएको छ भने आर्थिक वर्ष २०७९–०८० का लागि कूल आय अनुमान ७४ करोड ८३ लाख ६९ हजार रहेको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया