ब्रेकअपपछि पूर्वप्रेमिकासँग खर्च भएको सवा ६ करोड क्षतिपूर्ति माग

काठमाडौँ । सांघाईका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि चर्चामा आएका छन् । सांघाईका एक व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को बहस सुरु गरेको छ ।
धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौँदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट चकित भएको बताएका छन् । ती व्यक्तिले तयार पारेको सूचीमा ‘दुई बोतल पानी’ जस्तो सामान्य खर्चदेखि ‘एक्स गर्लफ्रेन्डीकी’ विरामी आमाको हेरचाह खर्चसमेत समावेश गरेका छन् ।
ती पुरुषले चाङनिङको एउटा रेस्टुरेन्टमा दुई जनाले डिनर लिएको उल्लेख छ । महिलाले खर्च गरेको रकमको ५० प्रतिशत क्षतिपूर्ति दिनु पर्ने उनले बताएका छन् । यस्ता धेरै उदाहरण भएको उनको दाबी छ ।
डेटिङ गर्दा समग्रमा उनले कूल ७२ हजार युआन खर्च गरेको दाबी गरेका छन् । तर, उनले ६ करोड १४ लाख ७ हजार युआन क्षतिपूर्ति माग गरेको समाचारमा जनाइएको छ ।









राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया