घरबाट रोपाइँका लागि हिँडेकी बैतडीकी १८ वर्षीया युवती बेपत्ता
मेरोन्यूज
२०७९ असार ५ गते १६:३८

बैतडी । बैतडीको सिगास गाउँपालिका-८ की विवाहित युवती बेपत्ता भएकी छन् । शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी रमेश बोहराकी १८ वर्षीया श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी हुन् । घरबाट रोपाइँका लागि हिँडेकी बोहरा दिउँसोदेखि बेपत्ता भएको रमेश बोहराले बताए ।
शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् । प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए ।
विवाहित युवतीका माइती पक्षले भने रमेश बोहराले भगाएर लगेको र बोहराकै परिवारले सकुशल खोज्नुपर्ने बताउँदै आएका छन् । ‘दुई महिना पहिले भगाएर लगेको हो, घरपरिवारमा झगडा पनि हुने गर्दथ्यो, उनीहरूले नै खोज्नुपर्छ,’ बेपत्ता सरस्वतीका बावु बहादुर महराले भने ।
सम्बन्धित
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया