धनुषाको रमदैया भवाडीमा खुल्याे सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
यसै क्रममा बैंकले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका– ०१ रमदैया भवाडीमा यहि आषाढ ०३, गतेबाट ९४ औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क (Kiosk), ई.के.वाई.सी.(E-KYC) तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।
साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र|(Customer Support Centre) को समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्त गर्न सक्नुहुनेछ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७५ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया