मुगुमा खडेरीले बाली सुक्यो

मुगु । हिमाली जिल्ला मुगुमा वर्षा नहुँदा खडेरीले अन्नबाली सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । असार महिना सुरु भइसक्दा पनि मुगुमा हालसम्म वर्षा नहुँदा किसानले खेतबारीमा लगाएको धान, चैते कोदो, कागुनो घामले सुक्न थालेको छ ।
मुगुमा लगाएका रैथाने बाली मात्र नभएर बारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, लसुन, फर्सी, कोक्रालगायतका बालीमा घामबाट जोगाउन मुस्किल हुन थालेको छ ।
समयमै वर्षा नहुँदा खडेरीले धानको बेर्ना समेत सुक्न थालेपछि किसानलाई रोपाइ गर्न सास्ती हुने अवस्था सृजना उत्पन्न भएको छ ।
‘आकाशबाट पानी आउँदैन खडेरीले खेतबारीमा बाली सुकिसक्यो,’ छायानाथ रारा नगरपालिका वडा नम्बर ५ कि हिमाली सुनारले भनिन्, ‘असार लागिसक्यो पानी आउँदैन । बाली नाली सुक्न थाल्यो ।’
सिँचाइ कुलोको सुविधा भएका किसानले खेतबारीमा पानी हालेर अन्नबाली जोगाउन थालेका छन् भने सिँचाइबाट वञ्चित किसान आकाशे पानीको प्रतीक्षामा बसेका छन् । खडेरीले पानीका मुहानसमेत सुक्न थालेको र कर्णाली नदीको बहाव पनि घट्दै गएको स्थानीयले बताए । खडेरीले कुलोको पानी सुक्न थालेपछि रोपाइँ गर्न मुस्किल हुने अवस्था आएको बताइएको छ ।















सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया