सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डेलाई सफाइ

काठमाडौं । विशेष अदालतले सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जनालाई सफाइ दिएको छ । आइतबार विशेष अदालतले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार नभएको ठहर गरेको हो ।
अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सिक्टा सिंचाई आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको भन्ने अख्तियारको दावीलाई अस्वीकार गरेका हुन् ।
विशेष अदालतको फैसलासँगै पूर्व–आयोजना प्रमुखहरु सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलिप बहादुर कार्की र रमेश बस्नेत लगायतले पनि सफाइ पाएका छन् । सिक्टा सिंचाइ आयोजनाको पानीमा माटो घुलेर बगेका कारणले निर्माणकै दौरान बारम्बार नहर भत्किने समस्या थियो ।
डिजाइन सुधार गर्नुको साटो बदनियतपूर्वक पूरानै तौरतरिकाले काम गरी ठेकेदारलाई फाइदा पुग्ने काम गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले सिक्टाको मूल नहरको डिजाइनमै त्रुटि भएको र निर्माणको क्रममा प्राविधिक, परामर्शदाता र निर्माण व्यवसायीले पर्याप्त ‘सुपरभिजन’ नगरेको आरोप लगाएको थियो ।
















भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
प्रतिक्रिया