डिजेलमा १४ र पेट्रोलमा १० प्रतिशत मूल्य वृद्धि, कुनको मूल्य कति ?
मेरोन्यूज
२०७९ असार ६ गते ६:२२

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य वृद्धी गरेको छ ।
निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
योसँगै आजदेखि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पर्ने भएको छ । यस्तै, एक लिटर डिजेल र मट्टीतेलका लागि १९२ रुपैयाँ खर्च गर्नु पर्ने भएको छ ।
निगमले हवाई इन्धनमा समेत मूल्य वृद्धि गरेको छ । जसमा आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको हो ।
खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ । यसअघि खाना पकाउने ग्यासको मूल्य एकैपटक दुई सय रुपैयाँ वृद्धि गरेको थियो ।
बढेको मूल्य आजदेखि लागु हुने निगमले जनाएको छ ।

सम्बन्धित















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया