सोमबार, पुष २८, २०८२

गाडी भाडामा पुनः भारी वृद्धि, कहाँ जान कति ?

मेरोन्यूज २०७९ असार ६ गते १३:२७

काठमाडौँ । नेपाल आयल निगमले भारी मात्रामा पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेसँगै गाडी भाडा वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवस्था विभागले नयाँ गाडी भाडा सार्वजनिक गरेको हो । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।

यस्तै, यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया