सुदुरपश्चिम फुटबल टिमका पूर्वक्याप्टेन साउँद उपचारका लागि सहयोग खोज्दै

काठमाडौं । भन्नलाई त खेलाडीहरु राष्ट्रका गहनाहरु हुन् भनिन्छ । तर त्यही खेलाडीलाई दुख, बिमारी हुँदा भने राष्ट्रले चाँसो दिने गरेको छैन । यसको पछिल्लो उदाहरण बनेका छन् फुटबल खेलाडी खडक साउँद । सुदुरपश्चिम प्रदेशको फुटबल टिमको कप्तानकै रुपमा आफ्नो योगदान राष्ट्रलाई दिइसकेका साउँद अहिले कलेजो रोग जस्तो गम्भिर रोगसँग लडिरेहका छन् । रोगसँगमात्रै होईन साउँदले अहिले उपचारको क्रममा आर्थिक समस्यासँग पनि लड्न परिरहेको छ ।
कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नं १ घर भएका साउदलाई विगत ७ वर्षदेखि कलेजोको समस्या रहेको थियो । पछिल्लो समय समस्या जटिल बन्दै गएपछि शिक्षण अस्पताल महाराजगञ्ज हप्तादिन लामो भर्ना भए । अब चिकित्सले छिट्टो कलेजो प्रत्यारोपण गर्नुपर्छ भनेको साउँद बताउँछन् । साउदले मेरोन्यूजसँग भने, ‘प्रत्यारोपण गर्नको लागि ३० देखि ४० लाख लाग्ने रहेछ, तर त्यती धेरै रकम मसँग छैन । आर्थिक सहयोगको आशामा बिभन्न सरकारी निकायमा समेत पुगे । अहिलेसम्म कतैबाट केही पाएको छैन ।’

आर्थिक अभावका कारण साउँदले उपचार गर्न नपाएपछि पछिल्लो समय उनको उपचारका लागि साथिभाई र आफन्तहरुले केही रकम उठाउने जमर्को गरीरहेका छन् । उनको श्रीमती सुनिता चपाई साउदको नाममा रहेको ग्लोबलब आइएमी बंक नेपालगञ्ज शाखामा रहेको खाता नंबर ६२०७०१०००२३८६ मार्फत उनलाई सहयोग गर्न सकिने परिवारले जनाएको छ । परिवारले केही आफ्नो रकम र बाँकी सबै शुुभेच्छुक, मनकारीको सहयोगमा साउँदको कलेजो प्रत्यारोपण गर्न सकिने आशामा रहेको छ ।









श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु, कयौं बेपत्ता
टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया