सुदुरपश्चिम फुटबल टिमका पूर्वक्याप्टेन साउँद उपचारका लागि सहयोग खोज्दै

काठमाडौं । भन्नलाई त खेलाडीहरु राष्ट्रका गहनाहरु हुन् भनिन्छ । तर त्यही खेलाडीलाई दुख, बिमारी हुँदा भने राष्ट्रले चाँसो दिने गरेको छैन । यसको पछिल्लो उदाहरण बनेका छन् फुटबल खेलाडी खडक साउँद । सुदुरपश्चिम प्रदेशको फुटबल टिमको कप्तानकै रुपमा आफ्नो योगदान राष्ट्रलाई दिइसकेका साउँद अहिले कलेजो रोग जस्तो गम्भिर रोगसँग लडिरेहका छन् । रोगसँगमात्रै होईन साउँदले अहिले उपचारको क्रममा आर्थिक समस्यासँग पनि लड्न परिरहेको छ ।
कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नं १ घर भएका साउदलाई विगत ७ वर्षदेखि कलेजोको समस्या रहेको थियो । पछिल्लो समय समस्या जटिल बन्दै गएपछि शिक्षण अस्पताल महाराजगञ्ज हप्तादिन लामो भर्ना भए । अब चिकित्सले छिट्टो कलेजो प्रत्यारोपण गर्नुपर्छ भनेको साउँद बताउँछन् । साउदले मेरोन्यूजसँग भने, ‘प्रत्यारोपण गर्नको लागि ३० देखि ४० लाख लाग्ने रहेछ, तर त्यती धेरै रकम मसँग छैन । आर्थिक सहयोगको आशामा बिभन्न सरकारी निकायमा समेत पुगे । अहिलेसम्म कतैबाट केही पाएको छैन ।’

आर्थिक अभावका कारण साउँदले उपचार गर्न नपाएपछि पछिल्लो समय उनको उपचारका लागि साथिभाई र आफन्तहरुले केही रकम उठाउने जमर्को गरीरहेका छन् । उनको श्रीमती सुनिता चपाई साउदको नाममा रहेको ग्लोबलब आइएमी बंक नेपालगञ्ज शाखामा रहेको खाता नंबर ६२०७०१०००२३८६ मार्फत उनलाई सहयोग गर्न सकिने परिवारले जनाएको छ । परिवारले केही आफ्नो रकम र बाँकी सबै शुुभेच्छुक, मनकारीको सहयोगमा साउँदको कलेजो प्रत्यारोपण गर्न सकिने आशामा रहेको छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया