३ हजार ९१४ नमूना परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ असार ६ गते १७:२२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा सोमबार २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ९१४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
१ हजार ८६२ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा २० जना र २ हजार ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १० जना कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर हाल १२० जना सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया