बिहीबार, फागुन २८, २०८२

तरकारी तथा फलफूलको आजको मूल्य  यस्तो छ

मेरोन्यूज २०७९ असार ७ गते ९:४३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज मंगलबार अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको आलु ३७ रुपैयाँ ५० पैसा, सेतो आलु ३५ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ७० रुपैयाँ, हाइब्रीड काक्रो, डल्लो फर्सि, स्कुस, लौका, घिरौला, बुलेट र माछे खुर्सानीलाई प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, कागती प्रतिकेजी १५० रुपैयाँ, किवि ५२५ रुपैयाँ, अकबरे खुर्सानी र कुरीलो २२५ रुपैयाँ, लोकल लिच्ची, रायोको साग, पालूगो साग र लोकल गाजर ९५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा र चुकुन्दर प्रतिकेजी ८५ रुपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ, लोकल घिउ सिमी ५५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, झिगूनी ३५ रुपैयाँ, टाटे सिमी २१० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, तामा ११५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ, न्यूरो ६५ रुपैयाँ परवर ३१ रुपैयाँ, पुदीना ३७५ रुपैयाँ ब्रोकाउली २१० रुपैयाँ, रुख कटहर र भिण्डी ३५ रुपैयाँ मकै बोडीलाई प्रतिकेजी ७५ रुपैयाँ पर्ने छ ।

प्रतिक्रिया