राप्ती हाइड्रोको आईपीओ भर्ने समय थप

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने समय थप गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब १० असारसम्म आवेदन दिन सकिनेछ ।
गत २४ जेठदेखि आईपीओ बिक्री खुला गरिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्व र रुकुम पश्चिमका स्थानीय बासिन्दालाई आईपीओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यसमा ग्लोबल आइएमई बैंकको छिप्रीदह, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा, मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया